काठमाडौ । काठमाडौँस्थित लुप नेटवर्कस् लिमिटेडलाई प्रदान गरिएको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै दूरसञ्चार ऐन बमोजिम कात्तिक ३० गतेदेखि लागू हुने गरी अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको हो।
सूचनाअनुसार, २०७३/०४/०२ मा प्रदान गरिएको ‘इन्टरनेट (इमेल सहित) सेवा’ र २०७९/०४/०४ मा प्रदान गरिएको ‘नेटवर्क सेवा प्रदायक’ को अनुमतिपत्र खारेज गरिएको छ।
साथै, प्राधिकरणले उक्त कम्पनीलाई नियमानुसार तिर्न/बुझाउनुपर्ने रकमका सम्बन्धमा सूचना जारी भएको मितिले ३० दिनभित्र सम्पर्क गर्न सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गएराति किन अवरुद्ध भयो देशैभरि इन्टरनेट ?
जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार