काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार आएसँगै खुद आय पनि बढेको हो ।
राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा बाहिर सरकार तथा अरु केन्द्रीय बैंकका वित्तीय औजारहरूमा लगानी गर्छ ।
विदेशी विनिमय सञ्चितिको अवस्थाले राष्ट्र बैंकको आम्दानीलाई प्रभावित बनाउँछ । पछिल्लो समय रेमिट्यान्समा आएको उच्च वृद्धि तथा आन्तरिक अर्थतन्त्र सुस्त हुँदा केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्यो :
राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै
राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारवाही
लगानी खुम्चिएपछि तीन महिनाका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको २ अर्ब ६० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले बजारबाट ४० अर्ब निक्षेप तान्दै