शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरिएको मुद्दाको फैसला आज

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०८२, ०७ : ३८
शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरिएको मुद्दाको फैसला आज

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको 'मानवता विरुद्धको अपराध' मुद्दामा अदालतले आज (सोमबार) फैसला सुनाउँदै छ। 

बीबीसी बंगला सेवाका अनुसार, न्यायाधिकरणको रजिस्ट्री कार्यालयले आज बिहान ११ बजे (स्थानीय समय) फैसला सुनाउने जानकारी दिएको छ।

अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ।

यसैबीच सर्वोच्च अदालतले फैसला गर्नुअघि न्यायाधिकरणमा सुरक्षा कडा पार्न सेना तैनाथ गर्न सेना परिचालन गर्न सेनालाई पत्र लेखेको छ।

शेख हसिना र अन्य तीन अभियुक्तविरुद्धको मुद्दाको फैसला बंगलादेश टेलिभिजन (बीटीभी) ले प्रत्यक्ष प्रसारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस