काठमाडौँ । नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका मागसहित नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष ३३ बुँदे सुझाव पेस गरेको छ । चेम्बरले आज एक कार्यक्रमका बीच अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आफ्नो माग पत्र पेस गरेको हो ।
गत भदौ २३ र २४ गते सरकारविरुद्ध ‘जेन जेड’ प्रदर्शनका क्रममा भएको मानवीय क्षतिलाई चेम्बरले ‘ऐतिहासिक त्रासदी’का रूपमा चित्रण गर्दै प्रदर्शनपछि उत्पन्न सामाजिक-राजनीतिक तनावले उद्योग, व्यवसाय र सम्पूर्ण अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको जनाएको हो ।
व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी सम्पत्तिमाथिको आक्रमणले उद्यमीको मनोबल धर्मरिएको, लगानीको वातावरण गम्भीर रूपमा प्रभावित भएको र अर्थतन्त्रको पुनर्स्थापना अझ कठिन बन्दै गएको चेम्बरको ठम्याइ छ ।
नेपालमा रोजगार सिर्जनामा सरकार असफल रहेको आरोप दोहोर्याउँदै चेम्बरले प्रतिदिन २८०० भन्दा बढी युवा बिदेसिनुपर्ने बाध्यतालाई राष्ट्रकै विकास क्षमतामाथिको आघातका रूपमा व्याख्या गरेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगार सिर्जना गरिनुपर्ने जेनजी पुस्ताका मागहरू नै आर्थिक समृद्धिको पहिलो आधार बन्न सक्ने पनि चेम्बरले उल्लेख गरेको छ ।
निजी क्षेत्रका लागि अहिलेको प्रमुख माग ‘सुरक्षाको विश्वसनीय प्रत्याभूति’ रहेको पनि चेम्बरले जनाएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताजस्तै स्वदेशी लगानीकर्तालाई पनि समान सुरक्षाको ग्यारेन्टी दिन राज्य सक्षम हुनुपर्नेमा चेम्बरको जोड छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता