यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०८२, ०७ : १९
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस