साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०८२, १० : ५३
साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

संस्थाको आज (बुधबार) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–०८२ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद गरी १५ प्रतिशत लाभांश दिने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस