काठमाडौँ। उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।
तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।
यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।
तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए । उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रिय कमिटी आउने छ ।
‘सुमना जी, अरु केही पदाधिकारीमा रहने साथीहरू पछि दोस्रो चरणमा जोडिनुहुन्छ। अहिलेको लागि प्लेन नै आउँछ,’ ती नेताले भने, ‘अहिले हामी माइन्यूटिङ र हस्ताक्षरको काम गर्दै छौँ । सम्भव भएसम्म आज ४ बजेसम्म टुंगाएर आजै दर्ताको प्रयास हुन्छ। नभए भोलि।’
अहिले केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ शक्तिहरू एक हुन्छौँ’ : कुलमान घिसिङ
‘सम्पत्ति विवरण हामीले बुझाएका छौँ, प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेन’ : कुलमान घिसिङ
तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री कुलमान घिसिङ
टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ
‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व नयाँ शक्तिहरूले गर्नुपर्छ’ : कुलमान घिसिङ
अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन : कुलमान घिसिङ