काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिता हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुनेछ।
नेपालले हङकङ सिक्सेसका लागि अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ।
सिक्स ओभर प्रचलित यो स्वरुपको क्रिकेटले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ।
शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टिममा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन्।
प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ। चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन्।
त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्।
यो प्रतियोगिताका हरेक खेल समान छ/छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, ०७ : ०१
लेखकबाट थप