काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ।
बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए।
उनले गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन्।
त्यसक्रममा श्रेष्ठले पार्टी एकता केही मान्छे थुपार्नका निम्ति मात्र गर्न लागिएको नभई जेन–जी सहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणको अभियानमा समेट्न, पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्य सम्म पुग्नका निम्ति भएको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी बैठक उदघाटनमा होहल्ला, पत्रकारलाई बाहिर निकालियो
माओवादी बैठक सुरु
माओवादी बैठक- नेताहरूले धारणा राख्ने क्रम जारी
माओवादी बैठकमा कुलमानको कुरा, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव
माओवादी केन्द्रीय समिति बैठक आजै सकिने