काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पौने १२ बजेदेखि बैठक सुरु भएको हो । शुक्रबारदेखि जारी बैठक अध्यक्ष प्रचण्डको जवाफसहित आजै समापन हुने बताइएको छ ।
अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ-आफ्नो धारणा राख्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् ।
विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्। तर, शर्माले आफूलेमात्र होइन अध्यक्ष प्रचण्डले समेत आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ साउन २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी बैठक- नेताहरूले धारणा राख्ने क्रम जारी
माओवादी बैठकमा कुलमानको कुरा, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव
माओवादी केन्द्रीय समिति बैठक आजै सकिने