काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने भएको छ।
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भण्डारीको निवासमा पनि तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो।
‘उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र पनि जलेको रहेछ, हाम्रो भौतिक अभिलेख पनि जलेको थियो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, ‘उहाँले प्रतिलिपी नागरिकता पाँऊ भनेर निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको प्रमाणपत्रको फोटोकपी र हाम्रो डिजिटल डाटा भिडायौं, त्यसपछि प्रतिलिपी नागरिकता दिने निर्णय भएको हो ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेका जनसंगठनका नेताहरूसँग परामर्श
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो: पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन
पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता