काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङबीच आज शिष्टाचार भेट भएको छ ।
अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको हो । उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुई पक्षीय कूटनीतिक सम्बन्धको चर्चा सहित कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।
साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको विषय उल्लेख गर्दै कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताएका छन् ।
भेटको अवसरमा महामहिम राजदूतले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र उक्त अवधिमा नेपालले कोरिया र कोइकासँग गरेको समन्वय र सहकार्यका लागि खुशी व्यक्त गर्दै कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरेका छन्।
साथै, नेपाली कामदारहरूलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत जानकारी गराए ।
त्यसैगरी राजदूतले ईपियस प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकहरूको उद्यमशीलता प्रवर्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंक मार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएकोमा सोका लागि आवश्यक सहजीकरण गर्न समेत अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ: अर्थमन्त्री खनाल
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन: अर्थमन्त्री खनाल
अर्थमन्त्री खनाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
कालो सूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो: अर्थमन्त्री खनाल
अन्तरिम सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छ: अर्थमन्त्री खनाल