वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक करोड त्रिचालीस लाख बिगो माग

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०८२, १४ : ०२
वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक करोड त्रिचालीस लाख बिगो माग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार डिभिजन वन कार्यालय, इलाममा कार्यरत डिभिजनल वन अधिकृत (अधिकृत दशौँ तह) पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत रहँदै आएका दान बहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

श्रेष्ठ उपर एक करोड त्रिचालीस लाख अठार हजार नौ सय सैंतीस रुपैयाँ बाउन्न पैसा बिगो कायम गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस