भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

रासस

सोमबार, १७ कार्तिक २०८२, ०८ : २१
भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

एजेन्सी । भारतले पहिलोपटक आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। 

आइतबार भारतको नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक महिला क्रिकेट विश्वकपको उपाधि चुमेको हो।

८७ रन बनाएर दुई महत्त्वपूर्ण विकेट लिएकी २१ वर्षीया सफाली वर्मा प्लेयर अफ द फाइनल बनिन्। दक्षिण अफ्रिकाले डीबलिङ गर्ने निर्णय गरेको खेलमा भारतले ७ विकेट गुमाएर २९८ रन बनायो। सफालीले ८७, दीप्ती शर्माले ५८, स्मृति मन्धानाले ४५ र ऋचा घोषले ३४ रन बनाए। दक्षिण अफ्रिकाका लागि अयाबोङ्गा खाकाले ३ विकेट लिए।

२९९ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २४६ रनमा अलआउट भयो। कप्तान लौरा वोल्वार्डले लगातार दोस्रो शतक प्रहार गरिन्, तर टोलीलाई जिततर्फ डोऱ्याउनुअघि नै उनी आउट भइन्।

भारतकी पार्टटाइम अफ स्पिनर, सफाली वर्माले दुई विकेट लिएर खेललाई उल्टाइदिइन्। यसैबीच दीप्ती शर्माले ५ विकेट लिँदै टोलीको जित सुनिश्चित गरिन्। दीप्तीलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषणा भइन्

प्रतिक्रिया दिनुहोस