काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्दै हिँड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ, नुवाकोट घर भएका १८ वर्षकै समीर श्रेष्ठ र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेतलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
आन्दोलनको क्रममा प्रहरीको बर्दी लुटेर लगाउँदै आगजनी र तोडफोड गरेको उनीहरूमाथि आरोप छ ।
उनीहरूलाई सीसीटिभी फुटेजका आधारमा पहिचान गरेर गोकर्णेश्वरको तालिनचोकबाट बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ