काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्दै हिँड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ, नुवाकोट घर भएका १८ वर्षकै समीर श्रेष्ठ र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेतलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
आन्दोलनको क्रममा प्रहरीको बर्दी लुटेर लगाउँदै आगजनी र तोडफोड गरेको उनीहरूमाथि आरोप छ ।
उनीहरूलाई सीसीटिभी फुटेजका आधारमा पहिचान गरेर गोकर्णेश्वरको तालिनचोकबाट बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ