एजेन्सी । इटालियन सिरी ए फुटबलमा इनटर मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा फियोरेन्टिनालाई ३–० गोलले हराउँदै इन्टर विजयी भएको हो ।
इन्टरको जितमा हकन काल्हानोग्लुले दुई तथा पिटर सुसिकले एक गोल गरेका थिए ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा हकनले ६६ र ८८ औँ मिनेट र पिटरले ७१औँ मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै इन्टर मिलान ९ खेलबाट १८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । पराजित भएको फियोरेन्टिना ४ अंकसहित अन्तिमबाट दोस्रोमा छ

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १३ कार्तिक २०८२, ०९ : ५६
लेखकबाट थप