काठमाडौं । इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको छ । गाजाको दक्षिणी राफाहमा गोली हानाहान हुँदा एक इजरायली सैनिक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शक्तिशाली आक्रमणको आदेश दिएका थिए ।
आदेशपछि इजरायली सेनाले गाजाका विभिन्न भागमा गरेको आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ ।
मंगलबार भएका यी आक्रमणहरू अक्टोबर १० मा युद्धग्रस्त क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको युद्धविराम लागु भएयता भएका सबैभन्दा ठूलो हिंसात्मक घटनामध्ये एक भएको बताइएको छ ।
हमासको सशस्त्र इकाई ‘कसम ब्रिगेड्स’ले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै बेपत्ता बन्दीको शव हस्तान्तरण गर्ने योजना स्थगित गर्ने चेतावनी दिएको छ ।
“इजरायलबाट हुने कुनै पनि बलपूर्वक कारबाहीले शवहरूको खोजी, खन्ने र निकाल्ने कार्यहरूमा बाधा पुर्याउनेछ,” विज्ञप्ति जारी गर्दै समूहले भनेको छ, “जसका कारण गाजामा रहेका बाँकी १३ बन्दीहरूको शव फेला पार्न ढिलाइ हुनेछ ।”
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुवै पक्षबाट आक्रमण र उल्लंघनको दाबी आए पनि युद्धविराम अझै कायम रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ