पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन् ।
मिक्लाजुङ–८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन् । मापकपदार्थ सेवन गरेका बखतसिंहले आइतबार दिउँसो ३ः२० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
दाहिने कुम, कञ्चट र छातीमा गोली लागेका सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।
प्रहरीले बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मृतक सफलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते