पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन् ।
मिक्लाजुङ–८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन् । मापकपदार्थ सेवन गरेका बखतसिंहले आइतबार दिउँसो ३ः२० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
दाहिने कुम, कञ्चट र छातीमा गोली लागेका सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।
प्रहरीले बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मृतक सफलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार