काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल गरेकी छन्।
प्रधानमन्त्री कार्कीले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृह सचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् ।
वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टासम्म चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।
बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'