काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल गरेकी छन्।
प्रधानमन्त्री कार्कीले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृह सचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् ।
वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टासम्म चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।
बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति