ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०८२, १४ : ३४
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडासँग चलिरहेका सबै व्यापार वार्ता तुरुन्तै समाप्त गर्ने घोषणा गरेका छन् । 

उनले क्यानाडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको नाम र वक्तव्यको दुरुपयोग गर्दै करविरुद्धको विज्ञापनमा गलत उद्धरण प्रस्तुत गरेको आरोप लगाए ।

“उनीहरूको गम्भीर र अनुचित व्यवहारका कारण क्यानाडासँगका सबै व्यापारिक नीतिहरू अहिलेबाट प्रतिबन्धित छन्”, राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “रोनाल्ड रेगन फाउन्डेसनले क्यानाडाले छलपूर्वक एउटा विज्ञापनमा नक्कली सामग्री प्रयोग गरेको भन्नेबारे पुष्टि गरेको छ, जसमा रेगनले करको विरोधमा भनिएको गलत अभिव्यक्ति देखाइएको छ ।”