काठमाडौँ । प्रहरीले भक्तपुरको सुकुम्वासी बस्तीबाट ७ राउन्ड गोली बरामद गरेको छ ।
मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली स्थित मनहराको सुकुम्वासी बस्तीमा बेवारिसे अवस्थामा भेटिएको थ्रिनट थ्रि राईफलको ५ राउन्ड र एसएलआरको २ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।
जेनजी प्रदर्शनमा उच्छृङ्खल समूहले प्रहरी कार्यालयहरूबाट सो गोली लुटेको आकलन गरिएको छ । गोली लुट्ने व्यक्तिबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार