काठमाडौँ । दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ । युवा अभियन्ता हिराप्रसाद सोतीले आफ्नो अध्यक्षता पार्टी गठन गरी दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ । जेनजी पुस्ता भएकाले त्यो नाम दिने सम्भावना कम रहेको आयोगले जनाएको छ ।
नवगठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । यसअघि चार वटा पार्टीले दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, १२ : १८
लेखकबाट थप