काठमाडौँ । सरकारले निर्धारित समयमा निर्माण कार्य अघि नबढेका आयोजनाहरुको सम्झौता अन्त्य गर्ने प्रक्रियालाई तीव्र बनाएको छ । यसै क्रममा नवलपरासीको धोबाहा खोला पुलको सम्झौता किन अन्त्य नगर्ने भन्दै पुल सेक्टर नेपालगन्जले एक सूचना जारी गरेको छ ।
पुल निर्माणबारे गौरी पार्वती निर्माण सेवा तथा सडक विभाग, पुल महाशाखा बिच सम्झौता भए पनि निर्माण कार्य सुरु नगरेको भन्दै उक्त सम्झौता तोड्ने तयारी गरिएको हो ।
कार्यालयबाट पटक पटक मौखक तथा लिखित रुपमा पत्रचार गर्दा समेत पनि निर्माण कार्य सुरु गर्ने तर्फ तदारुकता नदेखाएकोले निर्माण व्यवसायीबाट सम्झौताको मौलिक उल्लङ्घन भएको हुँदा सूचना प्रकाशनको मितिले १५ दिन भित्र कार्य सम्पन्न गर्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो तथा यथार्थपरक कार्ययोजना, यथाशीघ्र कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का अन्त्य गर्नु पर्ने कुनै मनासिब कारण भए सोको स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन सूचनामार्फत आग्रह गरिएको छ ।
'आधिकारिक व्यक्तिहरू उपस्थित भई चित्त बुझ्दो स्पष्टीकरण तथा सत्य प्रमाण र कार्य सम्पन्न गर्ने विश्वासिलाे आधार पेश नभएमा ठेक्का सम्झौता शर्त तथा प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गर्ने तर्फ कारबाही प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ', सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०८२, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहा र धनुषा जोड्ने कमला पुलको काम धमाधम, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
सत्र करोडमा पक्की पुल निर्माण
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता