काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तथ्य नबुझीकन नबोल्न सुझाव दिएका छन्।
बस्नेतले गाडी चाहिँदैन, क्वार्टर चाहिँदैन भन्ने मन्त्रीहरूसँग पहिले नै त्यस्तो सुविधा हुनुपर्छ भनेर टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले आफ्नो त्यस्तो घर र गार्ड देखाउन चुनौती दिएका हुन्।
भिडिओमा बस्नेत भनिरहेका छन्, ‘मलाई गाडी चाहिँदैन, मलाई क्वार्टर चाहिँदैन, के भन्या यो? यसको मतलब तपाईंहरूसँग मन्त्रीको जत्तिकै बस्न सक्ने घर रै’छ, मन्त्रीको जत्तिकै दुईतीन्टा गाडी रै’छ। मन्त्रीको जत्तिकै सुविधा सम्पन्न तपाईंहरूको वरिपरि सुरक्षाकर्मीहरू रै’छन्। कहाँबाट आयो यो?’
जवाफमा पुनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘महेश भाइ, मलाई क्वार्टर चाहिँदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हुँ। म केशर शमशेरको दरबारमा बसेको छु, जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ, देखाऊ। तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभएजस्तो नगर है त। तीनचारपटक त भेटेर कुरा पनि भएको थियो त यार। तिम्रो फोन नम्बर मसँगै छ त अहिलेसम्म। खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, ०६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन
राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा
म्याग्दीबाट महावीर पुन २२ हजार बढी मतले निर्वाचित