लाइसेन्स नवीकरण सेवा छठपछि सुरु गरिने

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०८२, १४ : ५६
लाइसेन्स नवीकरण सेवा छठपछि सुरु गरिने

काठमाडौँ। जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।

विभागले आवश्यक मेसिन उपकरणहरूको प्रबन्ध मिलाइसकेकाले छठपछि सेवा सञ्चालन गर्ने बताएको छ ।

नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने बताइएको छ । छपाइ कार्ड र प्रिन्टर नयाँ खरिद गर्नुपर्ने भएकाले केही नयाँ लाइसेन्स वितरण गर्न अझै केही महिना लाग्ने छ ।

विभागका अनुसार आगजनीका कारण क्षति पुगेको भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोर्ट्स तथा रङ्रोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस