काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मंगलवार भेटवार्ता भएको छ ।
त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो । भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोक दर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरू, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका अन्य कर्मचारीहरूकोसमेत सहभागिता थियो ।
विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन गएका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गरेको यहाँ स्थित राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्धारित मितिमै निर्वाचन हुन्छ’ : अर्थमन्त्री खनाल
अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ: अर्थमन्त्री खनाल
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन: अर्थमन्त्री खनाल
अर्थमन्त्री खनाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
कालो सूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो: अर्थमन्त्री खनाल