काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका नेताहरूबिच छलफल सुरु भएको छ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा लागेका सभामुख घिमिरेले सिंहदरबारमा दलहरूलाई बोलाएर छलफल गरेका हुन् ।
सभामुखले ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएको उनको सचिवालयले जनाएको छ ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभा विघटन हुनुअघिका प्रमुख सचेतकहरू सहभागी छन् ।
छलफलमा संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जाने या नजाने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख