काठमाडौँ। सिके राउत नेतृत्वको जनमत पार्टी फुटेको छ । जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका हुन् । नव गठित जस्वपाको अध्यक्षमा दीपक कुमार साह रहेका छन् ।
साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै साउन २२ गते साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए ।
तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् । यस्तै जस्वपाको ३ सचिवमा हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव रहेका छन् ।
नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । नयाँ पार्टीको झण्डामा निलो, सेतो, रातो रङको ठाडो धर्का रहनेछ ।
आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई मान्यता दिँदै दल दर्ताका बाँकी प्रक्रिया पूरा गर्न निर्देशन दिएको निर्वाचन आयोगका शाखा अधिकृत रुद्रवीर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १६ : ३८
लेखकबाट थप