पूर्णबहादुर खड्काले पाए काँग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०८२, १४ : ५६
पूर्णबहादुर खड्काले पाए काँग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौँ । नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने महामन्त्री शर्माले बताए ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलो पटक सार्वजनिक भएका हुन् ।

खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् ।

 

प्रतिक्रिया दिनुहोस