काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले सुनका नयाँ असर्फी नछापेकाले सर्वसाधारणलाई वितरण नगर्ने भएको हो ।
विगतका वर्षजस्तो यसपालि सर्वसाधारणले धनतेरसमा नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न नपाउने टक्सार महाशाखाले जनाएको छ । शाखाका अनुसार चाँदीका सिक्का भने बिक्री गरिनेछ । चाँदीका सिक्का किन्न धनतेरस कुर्नु पर्दैन ।
सुनका असर्फी छाप्न केन्द्रीय बैंकको सञ्चालक समितिले नै निर्णय गर्नु पर्ने हुन्छ । तर, यसपालि भने तिहार नजिकिँदै गर्दा पनि सञ्चालक समितिले कुनै निर्णय नगरेपछि नयाँ असर्फी छपाइ तथा बिक्री नहुने भएको हो ।
पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको र बजारमा माग बढेको भए पनि आपूर्तिमा कमी देखिएको छ । विश्वभर अधिकांश केन्द्रीय बैंकले सञ्चितिको रूपमा सुन कायम राखिरहँदा आपूर्तिमा कमी देखिएको छ। मंगलबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने
राष्ट्र बैंकले सुन आयातको कोटा बढायो
राष्ट्र बैंकले गर्यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
नेपाल राष्ट्र बैंकद्वारा दुई मनि चेन्जरको इजाजतपत्र रद्द
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २० अर्ब खिच्दै
राष्ट्र बैंकले ९० अर्ब तरलता खिच्दै