काठमाडौँ । दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम-नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तीकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ ।
आज यहाँ आयोजित कार्यक्रममा दोस्रो चरणमा १३ उद्योगलाई रु. चार करोडभन्दा बढीको अनुदान प्रदान गरिएको थियो । विस्तृत ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरूको सफल कार्यान्वयनपछि यो अनुदान वितरण गरिएको हो ।
यी उपायहरूबाट वार्षिक १२ लाख ३५ हजार ५४४ किलोवाट घण्टा ऊर्जा बचत भई वार्षिक रु. चार करोड ७७ लाख ५८ हजार १६ भन्दा बढी खर्च कटौतीमा योगदान पुर्याउँदै नेपालको जलवायु लक्ष्य र दिगो आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १२ : ४४
लेखकबाट थप