काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले अन्तरिम सरकार आन्दोलनका उपलब्धि कब्जा गर्न खोजेको भन्दै स्वतन्त्र जेनजी समूहले आपत्ति जनाएको छ ।
स्वतन्त्र जेनजी समूहका संयोजक तथा आन्दोलनको घाइते समेत रहेका रुपेन्द्र दाहालले वक्तव्य जारी गर्दै वास्तविक जेनजीलाई ओझेलमा पारेर सुधन गुरुङजस्ता आइएनजिओ र विदेशी दूतावासबाट परिचालित अदृश्य शक्तिले राष्ट्रिय स्वाधीनता र संविधानमाथि नै हमला गर्न खोजेको आरोप लगाएका छन् ।
स्वतन्त्र जेनजी समूहले विदेशी शक्तिले अन्तरिम सरकार चलाउन थालेको भन्दै यसविरुद्ध स्वतन्त्र जेनजी समूह नेपालले कात्तिक १५ गते आन्दोलन घोषणा गरेको वक्तव्यमा उल्लेख छ । सुधन गुरुङको मनपरी र सरकारको लाचारीविरुद्ध आन्दोलन घोषणा गरेको उनले बताएका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान
जाँचबुझ आयोगद्धारा ओली र लेखकलाई पत्र पठाउने तयारी
मिराजको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा
भोलि शैक्षिक हड्ताल घोषणा
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु