काठमाडौ । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार करेन्ट लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का २० वर्षीय अनिल रानाको मृत्यु भएको हो।
सोमबार बेलुका जयपृथ्वी नगरपालिका–३ पानकोटमा विद्युत्को मेन लाइनको पोलमा काम गरिरहेका बेला रानालाई करेन्ट लागेको हो।
राना विद्युत्सम्बन्धी काम गर्थे। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो।
अस्पतालमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु