काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागू औषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनले भने, “एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो ।” पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागू औषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ
गाँजासहित एक भारतीय युवक पक्राउ