भारतबाट भित्र्याउँदै गरेको ४ लाखको पटका बरामद

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, ०८ : ४६
भारतबाट भित्र्याउँदै गरेको ४ लाखको पटका बरामद

File Photo

झापा । प्रहरीले चार लाख रुपैयाँ मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। 

तिहार र छठ पर्वलाई लक्षित गरि व्यवसायीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भद्रपुर नगरपालिका- ५ राईबस्ति नजिकबाट विभिन्न किसिमका अवैध पटका र झिलिमिली बल्बहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले चारवटा पलास्टिकका बोरामा ल्याउँदै गरेको पटका बरामद गरेको हो। 

प्रहरीलाई देखेपछि व्यापारी भने सामान छाडेर भागेका बताइएको छ। बरामद पटकासहितका बस्तु वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ। 

प्रतिक्रिया दिनुहोस