काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिने भएका छन्।
प्रदेश सभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले यही असोज २८ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको जानकारी दिए ।
सचिवालयले आज सूचना जारी गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार नेपालको संविधानको धारा, १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को (४) बमोजिम मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सञ्चालनको आह्वान गरिएको जनाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
‘मधेसमा संघ सरकारले राहतको प्याकेज घोषणा गर्नुपर्छ’ : मुख्यमन्त्री सिंह
शिक्षकले राजनीति छाडेर पठनपाठनमा केन्द्रित हुनुपर्छ: मुख्यमन्त्री सिंह
कर्मचारीका कारण सरकारको 'पर्फमेन्स'माथि असर पर्यो : मुख्यमन्त्री सिंह
आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्यमन्त्री सिंह
मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट