धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशका शिक्षाको अवस्था चिन्ताजनक रहेको बताएका छन् । मधेस प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षा सेवा प्रवाहमा संघीय सरकारको पनि उत्तिकै भूमिका रहने बताए। प्रदेशका शिक्षक र शिक्षिका जनताप्रति समर्पित, जवाफ देही र बफादार हुँदै काम, कर्तव्य निर्वाह गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले शिक्षकहरूले राजनीति छाडेर आफ्नो पेसाप्रति इमान्दार भए अध्यापन गराउन आग्रह गरिन् । प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादवले मधेसको शिक्षाको स्तर खस्नुमा शिक्षक तथा अभिभावक बढी जिम्मेवार भएको बताए ।
प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले मधेसको शिक्षाको सुधारका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने उल्लेख गर्दै तीन वटै तहका सरकार मिलेर काम गर्नुपर्ने विचार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंगलबार विश्वासको मत लिँदै मुख्यमन्त्री सिंह
मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
‘मधेसमा संघ सरकारले राहतको प्याकेज घोषणा गर्नुपर्छ’ : मुख्यमन्त्री सिंह
कर्मचारीका कारण सरकारको 'पर्फमेन्स'माथि असर पर्यो : मुख्यमन्त्री सिंह
आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्यमन्त्री सिंह
मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट