काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ ।
पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएको जसपा नेपालले कोशी प्रदेशको अधिवेशनलाई प्रदेश नं १ समितिको अधिवेशन भनेको छ ।
विराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गतेको कार्यतालिका बनाएको छ ।
त्यसैगरी जसपा नेपालको भोलि (सोमबार) देखि मधेस प्रदेश समितिको अधिवेशन सुरु हुनेछ । जनकपुरधाममा हुन लागेको अधिवेशनको उद्घाटन अध्यक्ष उपेन्द्र यादवले गर्ने पार्टी प्रचार विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि