एजेन्सी । अमेरिकाको मिसिसिपीमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
सीबीएसका अनुसार राज्यको राजधानी ज्याक्सनबाट १२० किलोमिटर उत्तरपूर्वमा रहेको लेल्यान्डको मुख्य सडकमा शुक्रबार मध्यराततिर गोली चलेको हो।
चार जना घाइतेलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ। अहिलेसम्म कुनै पनि संदिग्धलाई हिरासतमा लिइएको छैन।
स्थानीय समयअनुसार शुक्रबार लेल्यान्ड हाइस्कुलको होमकमिङ अमेरिकन फुटबल प्रतिस्पर्धा सकिएपछि राति आयोजना गरिएको भेलामा गोली प्रहार भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, ०६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा