झापा । मानव सेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानव सेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ ।
शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आश्रममा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यही असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानव सेवा आश्रममा पठाएको थियो । योसँगै करिब एक वर्षको अवधिमा मानव सेवा आश्रममा ११ आश्रितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु