झापा । मानव सेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानव सेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ ।
शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आश्रममा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यही असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानव सेवा आश्रममा पठाएको थियो । योसँगै करिब एक वर्षको अवधिमा मानव सेवा आश्रममा ११ आश्रितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु