एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा शतप्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् ।
ट्रुथ सोसलमा स्टाटस लेखेर ट्रम्पले चिनियाँ वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय नोभेम्बर महिनाको एक तारिखदेखि लागु हुने छ ।
यो निर्णय लागु गरेर अमेरिकाले अत्यावश्यक सफ्टवेयर निर्यातमा पनि नियन्त्रित गर्ने ट्रम्पले उल्लेख गरेका छन् ।
यसै हप्ता चीनले दुर्लभ खनिज ‘रेयर अर्थ मेटल’को निर्यातमा कडाइ गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पले चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाएको बताइएको छ ।
चीनले दुर्लभ खनिज ‘रेयर अर्थ’ खनिजको निर्यातमा कडाइ गरेपछि ट्रम्पले गत शुक्रबार चीनले ‘शत्रुतापूर्ण रवैया’ अपनाएको र विश्वलाई ‘आफ्नो वशमा राख्ने कोसिस’ गरेको भनेर आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी