एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा शतप्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् ।
ट्रुथ सोसलमा स्टाटस लेखेर ट्रम्पले चिनियाँ वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय नोभेम्बर महिनाको एक तारिखदेखि लागु हुने छ ।
यो निर्णय लागु गरेर अमेरिकाले अत्यावश्यक सफ्टवेयर निर्यातमा पनि नियन्त्रित गर्ने ट्रम्पले उल्लेख गरेका छन् ।
यसै हप्ता चीनले दुर्लभ खनिज ‘रेयर अर्थ मेटल’को निर्यातमा कडाइ गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पले चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाएको बताइएको छ ।
चीनले दुर्लभ खनिज ‘रेयर अर्थ’ खनिजको निर्यातमा कडाइ गरेपछि ट्रम्पले गत शुक्रबार चीनले ‘शत्रुतापूर्ण रवैया’ अपनाएको र विश्वलाई ‘आफ्नो वशमा राख्ने कोसिस’ गरेको भनेर आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक