एजेन्सी । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।
प्रधानमन्त्री नेतन्याहूले यसलाई एक ऐतिहासिक विकासको संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन् । उनले इजरायली मन्त्रिपरिषद्को बैठकमा उपस्थित अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरलाई पनि धन्यवाद दिए ।
यसैबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन् । यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबीच सहमति भएको थियो ।
युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौं प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ ।
इजरायली सेना गाजाका केही भागहरूबाट फिर्ता हुन थाल्ने र दिनहुँ सयौं ट्रक मानवीय सहायता गाजामा प्रवेश गर्नेछ ।
इजरायलले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेसँगै अल्पकालीन र दीर्घकालीन रूपमा धेरै कुराहरू अघि बढेका बीबीसीले जनाएको छ ।
इजरायलले सम्झौता अनुमोदन गरेपछि तत्कालै गाजामा युद्धविराम, इजरायली सेना फिर्ता, बन्धक र शवहरूको आदानप्रदान र गाजामा मानवीय सहायता प्रवेश गर्ने अपेक्षा गरिएको छ ।
इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम लागु हुने अपेक्षा गरिएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार यो तत्कालै सुरु हुनसक्छ । यद्यपि, प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले मन्त्रिपरिषद्को स्वीकृति पाएको २४ घण्टाभित्र युद्धविराम सुरु हुने बताएका छन् ।
प्रवक्ताका अनुसार, इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहने गरी एक निश्चित रेखामा फिर्ता हुनेछ । गत हप्ता ह्वाइट हाउसले वितरण गरेको नक्साअनुसार, यो इजरायली सेना फिर्ता हुने तीन चरणमध्ये पहिलो हो ।
त्यसपछि, ७२ घण्टाको समय सुरु हुनेछ, जसमा हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ । त्यसपछि, मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ । यद्यपि, यसमा कति समय लाग्नसक्छ भन्ने स्पष्ट छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ असोज २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ
गाँजासहित एक भारतीय युवक पक्राउ