काठमाडौ । नेपाल राष्ट्र बैंकले मनिचेञ्जर (मुद्रा सटही कारोबार) गर्न इजाजत पाएका दुई कम्पनीको इजाजतपत्र रद्द गरेको छ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले म्याद समाप्त भएपछि तोकिएको तीन महिनाभित्र नवीकरण नगरेका कारण ती कम्पनीहरूको इजाजतपत्र रद्द गरेको जनाएको छ।
रद्द भएका मनि चेन्जरमा युनियन करेन्सी एक्सचेन्ज प्रा. लि., मित्रनगर, काठमाडौं र के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा. लि., ठमेल, काठमाडौं छन्।
नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप-विनियम (३) अनुसार नवीकरण नगरेका मनिचेञ्जरहरूको इजाजतपत्र स्वतः रद्द हुने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २० अर्ब खिच्दै
राष्ट्र बैंकले ९० अर्ब तरलता खिच्दै
राष्ट्र बैंकले वित्तीय प्रणालीमा २ खर्ब तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
सेवा सुरु गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह
वित्तीय प्रणालीबाट ५० अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक