काठमाडौ । नेपाल राष्ट्र बैंकले मनिचेञ्जर (मुद्रा सटही कारोबार) गर्न इजाजत पाएका दुई कम्पनीको इजाजतपत्र रद्द गरेको छ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले म्याद समाप्त भएपछि तोकिएको तीन महिनाभित्र नवीकरण नगरेका कारण ती कम्पनीहरूको इजाजतपत्र रद्द गरेको जनाएको छ।
रद्द भएका मनि चेन्जरमा युनियन करेन्सी एक्सचेन्ज प्रा. लि., मित्रनगर, काठमाडौं र के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा. लि., ठमेल, काठमाडौं छन्।
नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप-विनियम (३) अनुसार नवीकरण नगरेका मनिचेञ्जरहरूको इजाजतपत्र स्वतः रद्द हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै