मध्यरात बालुवाटारमा किन बोलाइए चारै सुरक्षा निकायका प्रमुख ?

सफल खबर संवाददाता

मंगलबार, २१ असोज २०८२, ०८ : ०५
मध्यरात बालुवाटारमा किन बोलाइए चारै सुरक्षा निकायका प्रमुख ?

काठमाडौं । जेन जी आन्दोलनमा भएको नरसंहारमा दोषी करार गदैं तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न दवाव परेपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मध्यरात बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुख सहितको बैठक आयोजना गरेकी छिन् ।

जेनजी भित्रको पनि सुदन गुरुङ समुहले ओली र लेखकलाइृ पक्राउ गर्न सरकारलाइृ सात दिने अल्टिमेटम दिएको छ । सामाजिक सन्जालमा एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक, एरेस्ट मर्डरर जस्ता हयास्ट्याग अभियान चलाउने देखि सोमबार नै गुरुङसहितको टोली ओली, लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली पुगेको थियो ।

तत्काल पक्राउ नगरिए फेरि अर्काे आन्दोलन गर्ने र चुनाव समेत हुन नदिने चेतावनी सुदन पक्षले दिएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बालुवाटारमा आयोजना गरेकी हुन् ।

सामाजिक सन्जालमा एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक, एरेस्ट मर्डरर जस्ता हयास्ट्याग अभियान चलाउने देखि सोमबार नै गुरुङसहितको टोली ओली, लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली पुगेको थियो । तत्काल पक्राउ नगरिए फेरि अर्काे आन्दोलन गर्ने र चुनाव समेत हुन नदिने चेतावनी सुदन पक्षले दिएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बालुवाटारमा आयोजना गरेकी हुन् ।

उक्त बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री कार्कीले सुदनहरुले भने जस्तै ओली, लेखक लगायतलाई पक्राउ गर्ने कानुनी आधारहरु भए-नभएका बारेमा सुरक्षा निकायका प्रमुखहरुसँग सोधनी गरेका थिए ।

बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की सहभागी थिए ।

भदौं २३ को जेन जी आन्दोलनको नरसंहार र त्यसको भोलिपल्ट भएको क्षतिका बारेमा तथ्यसहितको छानबिन प्रतिवेदन तयार पार्न सरकारले विशेष अदालतका पूर्व न्यायाधसि गौरी बहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग बनाईसकेको छ । आयोग बनेको अवस्थामा त्यसलाई ओभरल्यापिङ हुने गरी ओली, लेखक लगायतलाई पक्राउ गर्न मिल्ने नमिल्ने विषयमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालको जिज्ञासा थियो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले भने आयोग बनेको र त्यसले छानबिनको काम गरिरहेको अवस्थामा पक्राउ गर्दा आयोगको काममा समेत ओभरल्यापिङको सन्देश जाने र राजनीतिक दलहरु समेत प्रतिवादमा आउने हुँदा थप रक्तपात मच्चिन सक्ने भन्दै यो कदममा तत्काल अग्रसर हुन नहुने पक्षमा देखिएका थिए । तर सुदन पक्षले दिएको चेतावनीपछि सरकार प्रेसरमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस