काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी लगानीमाथि भएका लुटपाट र आगजनी घटनामा संलग्नमाथि कारबाही गर्न निजी क्षेत्रका तीन ठूला संगठनले माग गरेका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री रामेश्वर खनाललाई भेट्दै यस्तो माग गरेका हुन्।
तीनै संगठनका प्रतिनिधिहरूले आन्दोलनका क्रममा निजी सम्पत्तिमाथि भएका तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका थिए। उनीहरूले यस्तो घटना दोहोरिन नदिन सरकारलाई तत्काल कारबाहीका लागि आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालका अनुसार अर्थमन्त्री खनालसँगको भेटमा सरकारको हालैको प्याकेजबारे पनि छलफल भएको थियो। उनले सरकारका तर्फबाट व्यवसायिक सहजता, बैंकिङ सहुलियत, बीमा प्रक्रियाको सरलीकरण र सन्दर्भ मूल्य खारेजीजस्ता कदम सकारात्मक रहेको ब
ताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप
२४ गतेको विध्वंस, उग्र बनाउने पत्रकार, कलाकार देखि जेनजी अगुवा विरुद्ध किटानी जाहेरी
निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो
आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब