काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ सोमबार इलाम जाने बताइए पनि स्थगित भएको छ ।
मन्त्री अर्याल र घिसिङ इलामको पहिरो प्रभावित क्षेत्रमा जाने बताइएको थियो । तर, सोमबार जहाजको टिकट नपाएपछि स्थगित भएको गृह मन्त्रालय श्रोतले जनाएको छ । असोज १८ र १९ गतेको अविरल वर्षापछि इलाममा सबैभन्दा बढी क्षति भएको थियो ।
उक्त क्षेत्रको स्थलगत अवलोकन गर्न उनीहरू त्यसतर्फ जाने तयारी थियो । काठमाडौँबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भए पनि नियमित जहाजको टिकट नपाएपछि स्थगित भएको स्रोतको भनाइ छ ।
‘आज त्यता जाने भनिएको थियो । तर टिकट नपाएपछि स्थगित भयो । अर्को मिति तय भएको छैन’, स्रोतको भनाइ छ । उनीहरूसँगै गृह सचिव, ऊर्जा सचिव र भौतिक सचिव पनि इलाम जाने तयारी थियो । इलाममा पहिरोले बस्ती पुर्दा तीन दर्जन भन्दा बढीको ज्यान गएको थियो
।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ र सरकारबीच २७ बुँदे सहमति
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
जाँचबुझ आयोगमा रमेश लेखकको बयान : बल प्रयोगको आदेश मैले दिएको होइन
सरकार र दलका शीर्ष नेताबिचको संवादमा ‘ब्रेक थ्रु’
रास्वपाको माग : विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता