काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ सोमबार इलाम जाने बताइए पनि स्थगित भएको छ ।
मन्त्री अर्याल र घिसिङ इलामको पहिरो प्रभावित क्षेत्रमा जाने बताइएको थियो । तर, सोमबार जहाजको टिकट नपाएपछि स्थगित भएको गृह मन्त्रालय श्रोतले जनाएको छ । असोज १८ र १९ गतेको अविरल वर्षापछि इलाममा सबैभन्दा बढी क्षति भएको थियो ।
उक्त क्षेत्रको स्थलगत अवलोकन गर्न उनीहरू त्यसतर्फ जाने तयारी थियो । काठमाडौँबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भए पनि नियमित जहाजको टिकट नपाएपछि स्थगित भएको स्रोतको भनाइ छ ।
‘आज त्यता जाने भनिएको थियो । तर टिकट नपाएपछि स्थगित भयो । अर्को मिति तय भएको छैन’, स्रोतको भनाइ छ । उनीहरूसँगै गृह सचिव, ऊर्जा सचिव र भौतिक सचिव पनि इलाम जाने तयारी थियो । इलाममा पहिरोले बस्ती पुर्दा तीन दर्जन भन्दा बढीको ज्यान गएको थियो
।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'