काठमाडौं । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।
विश्वकप छनोट अघि अभ्यास खेलमा व्यस्त नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४:१५ बजे सुरु हुनेछ। विश्वकपको छनोट अघि नेपाल क्रिकेट संघ (क्यान)ले दुई वटा अभ्यास खेलमा सहभागी गराएको हो।
यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज
नेपाल र वेष्टइन्डिजबीचको युनिटी कपको टिकटको मूल्य निर्धारण
नेपालले साउथ अस्ट्रेलियालाई हरायो
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा