काठमाडौं। जेन-जीका दुई समूहबीचनै विवाद उत्पन्न भएको छ। जेनजी आन्दोलनबाट चर्चामा आएका सुदन गुरुङ पक्षले आज बालुवाटारस्थित प्रधानमन्त्रीले बोलाएको बैठमा निम्न अनुसारका माग राखि प्रकृया तुरुन्तै अघि बढाउन माग राखेका छन् ।
मागहरु:
बहालवाला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पदबाट राजीनामा दिन लगाउने।
न्याय परिषद् अध्यक्षलाई पनि राजीनामा दिन लगाएर परिषद् पुन:संरचना गर्ने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईलाई पदबाट हटाउने।
रिक्त न्यायाधीश पदमा नयाँ नियुक्ति गर्ने।
जेनजी आन्दोलनको क्रममा वि'ध्वंश र तो'डफो'डमा संलग्नमाथि कुनै कारबाही नगर्ने।
सात दिनभित्र आन्दोलनरत पक्ष र राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गर्नुपर्ने।
क्याबिनेट र सचिवालयमा जेनजी प्रतिनिधि अनिवार्य सहभागी गराउने।
जेनजी आन्दोलनलाई ‘जनआन्दोलन ०८२’ नामकरण गर्ने।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तुरुन्त गिरफ्तार गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असोज २०८२, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ र सरकारबीच २७ बुँदे सहमति
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
जाँचबुझ आयोगमा रमेश लेखकको बयान : बल प्रयोगको आदेश मैले दिएको होइन
सरकार र दलका शीर्ष नेताबिचको संवादमा ‘ब्रेक थ्रु’
रास्वपाको माग : विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता