काठमाडौं। जेन-जीका दुई समूहबीचनै विवाद उत्पन्न भएको छ। जेनजी आन्दोलनबाट चर्चामा आएका सुदन गुरुङ पक्षले आज बालुवाटारस्थित प्रधानमन्त्रीले बोलाएको बैठमा निम्न अनुसारका माग राखि प्रकृया तुरुन्तै अघि बढाउन माग राखेका छन् ।
मागहरु:
बहालवाला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पदबाट राजीनामा दिन लगाउने।
न्याय परिषद् अध्यक्षलाई पनि राजीनामा दिन लगाएर परिषद् पुन:संरचना गर्ने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईलाई पदबाट हटाउने।
रिक्त न्यायाधीश पदमा नयाँ नियुक्ति गर्ने।
जेनजी आन्दोलनको क्रममा वि'ध्वंश र तो'डफो'डमा संलग्नमाथि कुनै कारबाही नगर्ने।
सात दिनभित्र आन्दोलनरत पक्ष र राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गर्नुपर्ने।
क्याबिनेट र सचिवालयमा जेनजी प्रतिनिधि अनिवार्य सहभागी गराउने।
जेनजी आन्दोलनलाई ‘जनआन्दोलन ०८२’ नामकरण गर्ने।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तुरुन्त गिरफ्तार गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असोज २०८२, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'