काठमाडौ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेश र मधेस प्रदेशका क्षेत्रमा वर्षाको तीव्रता बिस्तारै घट्न थालेको छ। कोसी प्रदेशका भने धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको र यो अझै केही घण्टा कायम रहन सक्ने देखिएको छ।
मौसम विभागले आज आइतबार बिहान साढे ५ बजे दिएको अध्यावधिक जानकारीअनुसार हाल ८ वटा नदी केन्द्रमा जलसतह खतरा तहभन्दा माथि छ। जसमा बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढीखोला सुनसरी, बिरिङखोला झापालगायत नदीका बाढीमापन केन्द्र छन्।
अनि १२ वटा नदी केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि र प्राय:जसो बढ्दो क्रममा छन्। यसमा बागमती, कमला, कोसी जलाधारका बाढीमापन केन्द्र छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असोज २०८२, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना