काठमाडौँ । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू-भागहरू र मधेस प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राती पनि देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग र मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश,मधेस प्रदेश,बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असोज २०८२, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?